नेपाल बैंकले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि ५.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा साधारण बचत खातामा ४ प्रतिशतदेख ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले रेमिट्यान्स खातामा ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले यसअघि रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०५६ प्रतिशत, व्यक्तिगततर्फ ८.५५६ प्रतिशत र रेमिट्यान्समा ९.५५६ प्रतिशत ब्याजदर तोकेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स