प्राधिकरणले ट्रंक र डेडिकेटेड विवादका कारण लाइन काटेका उद्योगमा जोडिदियो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण प्राधिकरणले पुस ६ गते र ८ गते विभिन्न उद्योगहरूको लाइन काटेको थियो । सो लाइन जडान गरिदिएको हो ।

मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।

शुक्रबार राति १–२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सञ्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स