सामलिङ्ग पावर कम्पनीको आइपीओ भर्ने अन्तिम दिन, कतिे पर्यो आवेदन ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (कार्तिक ८) गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ४ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । सेयर निष्कासनको लागि नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

कम्पनीको आइपीओमा आइतबार साँझसम्ममा १७ लाख ५८ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ११ लाख ३२ हजार ५ सय ७० कित्ता सेयरको लागि आवेदन परेको छ ।

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं। ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स