लुम्बिनी विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडकोे १६औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । सभा पौष २६ गते बिहिबार सम्पन्न भएको हो ।

सभाले आ.व.२०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसँगै सेयरधनी महानुभावहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर सहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६औं वार्षिक साधारण सभामा आ.व.२०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स