कुमारी बैकले पनि घटायो ब्याजदर

काठमाडौं । माघ महिनामा बैंकहरूको ब्याजदर घटाउन थालेका छन् । हिजो एनआईसी एशिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको थियो । आज कुमारी बैंकले माघमा पनि ब्याजदर घटाएको छ ।

कुमारी बैंकले माघ महिनाको लागि मुद्दती निक्षेपमा १.२० प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेबाट लागू हुने गरि मुद्दती निक्षेपको ब्याजदर ८.११ प्रतिशत बनाएको हो । पुसमा बैंकले मुद्दती निक्षेपमा ९.३१ प्रतिसत ब्याज दिएको थियो ।
कुमारी बैंकले बचत खाताको ब्याजदर पनि घटाएर ६.११ प्रतिशत बनाएको छ । यस्तो ब्याजदर पुस महिनामा ६.५१ प्रतिसत थियो । कुमारी बैंकले मंसिरमा पनि राष्ट्र बैकको सर्कुलर अनुसार ब्याजदर घटाएको थियो भने पुसमा फेरि घटाएको थियो ।

बैंकले कर्जाको प्रिमियम पनि घटाएर अधिकतम ३.५ प्रतिसत मात्रै कायम गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स