भोलिबाट पवन गोल्यान एनएमबि बैंकबाट बाहिरिदै, मनोज गोयल अध्यक्षमा नियुक्त हुने

काठमाडौं । एनएमबि बैंकबाट पवन गोल्यान बाहिरिने भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डाइरेक्टरमा समेत नरहने गरी बाहिरिएका हुन् । २१ वर्षदेखि एनएमबिसँग जोडिएर रहेका गोल्यानले यस अघिनै एनएमबिबाट बाहिरिने बताइसकेका थिए ।

उनी आफ्नै उद्यम व्यवसायमा लाग्नको लागि बैंक छाडेका हुन् । गोल्यान बैंक अध्यक्षबाट बाहिरिए पछि बैंक तथा वित्तीय संस्थाहरूको अध्यक्षको साझा संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफीनको अध्यक्ष पनि रह्दैनन् ।
जुत्तादेखि धागोसम्म र बैंकदेखि होटल र हाइड्रोपावर र पछिल्लो समय कृषि व्यवसायमा लागेका गोल्यान आफ्नो व्यवसायलाई अघि बढाउन बैंकबाट बाहिर निष्किएका हुन् ।

गोल्यानको ठाउँमा अर्थात बैंक संञ्चालक समिति अध्यक्ष अब मनोज गोयल आउने विशेष स्रोतले बताएको छ । गोल्यानले १७ वर्ष एनएमबि बैंक सञ्चालक समिति अध्यक्ष गएर कार्य सम्पादन गरेका थिए । ‘भोलि एनएमबि बैंकको वार्षिक साधारणसभाले गोयललाई अध्यक्षमा चयन गर्नेछ ।

तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा थिएनन । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीईओ थियो । सो बैंक पछि एनएमबि बैंकमा गाभिएको थियो । अहिले उनी एनएमबि बैंकमा सञ्चालक नभएपनि भोलिबाट भने सञ्चालक समिति अध्यक्ष बन्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स