एचआईडीसीएलले अवितरित सेयर बाँडफाँट सकियो

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ ।

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको अवितरि हकप्रद सेयर बाँडफाँट गरेको हो । कम्पनीले संस्थापक समूहको ३ लाख ३० हजार कित्ता र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता सेयर खरिदका लागि आह्वान गरेको थियो ।

सर्वसाधारण तर्फ २२५ रुपैयाँ १० पैसाका दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र २२५ रुपैयाँका दरले बोलपत्र पेश गरेकाहरुलाई समानुपातिक रुपमा बाँडफाँट गरिएको छ ।

प्राप्त बोलपत्रहरु असोज २२ गते शुक्रबार, ग्लोबल आइएमई क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिएको थियो ।

बाँडफाँटमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी कात्तिक ७ गते आइतबारदेखि बोलपत्र फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाहरुको खातामा जम्मा गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स