हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ महिनाको बीमा शुल्क १ अर्ब ३९ करोड ५३ लाख, व्यापारका हिसाबले साउन बलियो हुँदा कार्तिक कमजोर

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले साउनदेखि मंसिरसम्म एक लाख एक हजार २३३ पोलिसी जारी गरेर सो व्यापार गरेको हो ।

चालु आवको साउनदेखि मंसिरसम्मको यो अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापारका हिसाबले सबैभन्दा राम्रो महिना साउन बनेको छ भने बीमा शुल्कको हिसाबले असोज महिना राम्रो बनेको छ । यद्यपि वृद्धिदरका हिसाबले मंसिर महिना व्यापारका हिसाबले सबैभन्दा राम्रो देखिएको छ ।

कम्पनीले मंसिर महिनामा २३ हजार २८० बीमा पोलिसी जारी गरेर २६ करोड १७ लाख कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । सो महिनामा कम्पनीले व्यापार ४१.२७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले कार्तिकमा १६ हजार ८०३ बीमा पोलिसी जारी गरेर १८ करोड ५३ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेको थियो । निर्जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले असोजमा २३ हजार ७६३ पोलिसी जारी गरेर ३० करोड ६१ लाख प्रिमियम संकलन गरेको हो । असोज महिनामा २.६० प्रतिशतले वृद्धि भएको कम्पनीको व्यापार कार्तिक महिनामा ३९.४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी असोजमा महिनामा २३ हजार ७६३ वाट बीमा पोलिसी जारी गरेर ३० करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । असोजमा २.६० प्रतिशतले वृद्धि भएको कम्पनी व्यवसाय कार्तिक महिनामा ३९.४८ प्रतिशतले घटेको हो ।

भदौ महिनामा १७ हजार ९१७ बीमा पोलिसी जारी गरेर २९ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । भदौ महिनामा पनि कम्पनीको व्यापार १३.१८ प्रतिशतले घटेको छ ।

असार महिनाको तुलनामा साउन महिनामा कम्पनीले १७.८३ प्रतिशतले व्यवसाय वृद्धि गरेको थियो । साउनमा ३४ करोड ३७ लाख रुपैयाँको व्यवसाय गरेर अगाडि बढेको कम्पनीले भर्दौमा १३.१८ प्रतिशतले व्यापार घटेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स