सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ७ गते (आइतबार) बसेको सञ्चालक समितिको ३८१ औं बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको सञ्चालक समितिले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स