‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प, पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख

काठमाडौं । सिजि मोटर्स प्रा. लि. ले विद्युतिय सवारी साधन नेटा भि को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भि सँग एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कुरा कम्पनीद्वारा जारि प्रेस बिज्ञप्तिमा उल्लेख छ । यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कुरा कम्पनीले जनाएको छ । नेटा भि गाडिमा ८ वर्ष वा १,५०,००० किमीको वारन्टि रहेको छ जसले गर्दा ग्राहकहरुले ढुक्क भई नेटा भि को प्रयोग गर्न सक्छन् ।

यसका साथैे यसमा रहेको ज्भ्एत् २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन दिदैन । नेटा भी हाल नयाँ ५० कि. वा. को एलएफपी ब्याट्रि सहित शोरुमहरुमा उपलब्ध छ । एलएफपी ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ ।

यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स