चार कम्पनीमा लाग्यो सर्किट, कुन कम्पनीको कतिले बढ्यो सेयर मूल्य ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्स्योरेन्सको सेयरमा १०%, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नाग्दी ग्रुप पावरको ९.९६%, उन्नती सहकार्य लघुवित्तको ९.११%, मानुषि लघुवित्तको ८.१२%, सोनापुर मिनरल्सको ६.९०%, सिद्धार्थ इक्विटी फण्डको ६.४६% र जाल्पा सामुदायिक लघुवित्तको ५.९३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स