यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ८७ लाख, न्याङदी ग्रुपको १५ करोड ५१ लाख, हाथ्वे इन्भेष्टमेन्टको १४ करोड ६ लाख, एनआरएनको १२ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स