एट्लेटिको म्याड्रिड र रियल सोसिडाड बराबरीमा

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत सोमबार बिहान खोलिएको खेलमा साविक विजते एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिको म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै १८ अंक बनाएको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभियाको २० अंक छ । आइतबार नै भएको खेलमा सेभियाले लिभान्तेलाई ५-३ गोलले स्तब्ध बनाएको हो । पराजित लिभान्ते ५ अंक सहित १९औं स्थानमा छ ।

घरेलु मैदानमा भएको अर्को खेलमा रियल बेटिसले रायो भालेकानोलाई ३-२ गोलले हराएको छ । जितसँगै पाँचौं स्थानमा उक्लिएको बेटिसको १८ अंक छ । पराजित रायो भालेकानो १६ अंक सहित सातौं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स