एल क्लासिकोमा रियल म्याड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल म्याड्रिड विजयी भएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आइतबार खेलिएको खेलमा रियल म्याड्रिड २-१ गोल अन्तरले विजयी भएको हो ।
रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे ।

बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए ।

रोड्रिगोको पासमा अलबाले खेलको ३२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २ गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले एक गोल फर्काएपनि रियल २-१ अन्तरले विजयी भयो ।

यस जितसँगै ९ खेलबाट २० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोना १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । भोलि बिहान १२ः४५ एथ्लेटिक म्याड्रिड र रियल सोसिडाड भिड्दै छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स