काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख १८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।