काठमाडौं । सोमबार, नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनीमा १०%, नेपाल वायर हाउजिङ, हिमालयन रि इन्स्योरेन्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । तेह्रथुम पावरको ९.९८%, समाज लघुवित्तको ९.९७%, समलिङ पावरको ९.९२%, कालिका पावरको ९.९२ प्रतिशतले सेयर मूल्य बढेको छ ।