नेप्सेमा उछाल आउँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख, हाथ्वे इन्भेष्मेन्टको १६ करोड ५५ लाख, एनआरएनको १४ करोड ४६ लाख, निफ्राको ११ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स