कुन मूल्यमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतम ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो ।

आइतबार कम्पनीको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई ‘एचआरएल’ संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स