नेपाल ब्रोडकास्टीङ च्यानलले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

काठमाडौं । नेपाल ब्रोडकास्टीङ च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभा माघ ७ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान १० बजे डाकेको छ ।

कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ । सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि पेश गर्नेछ ।

हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ । सभाले आईपीओ निष्काशन गर्ने प्रसताव पारित गरेपछि थप प्रक्रिया आगडि बढ्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स