ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सभा पुस २२ गते बानेश्वर ब्यांकेटमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो ।

कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । गत असार महिनामा आएको बाढीको क्षतीका कारण अवरुद्ध यस अयोजन पुन फागुन १ गतेदेखि बत्ति बाल्ने गरी मर्मतसम्हारको काम भैइरहेको कम्पनीेले जनाएको छ । कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स