काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीलाई १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।