काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार एनआईसी एसिया बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको २९ प्रतिशतले हुन आउने कुल ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।