अविरल वर्षाका कारण पुगेको क्षति बढ्दै, ८ अर्ब २१ करोडको धान नष्ट

काठमाडौं । देशको विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण ८ अर्ब २१ करोड रुपैयाँको धानबाली क्षति भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण बागमती प्रदेश बाहेक अन्य सबै प्रदेशको धानबालीमा क्षति पुगेको हो ।

२०७८ साल असोज ३१ गते देखि परेको अविरल वर्षाका कारण सबैभन्दा क्षतिका कारण लुम्बिनी प्रदेशमा भएको छ । लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड मूल्य बराबरको १ लाख ६१ हजार २२३ मेट्रिक टन धानबालीको क्षति भएको हो । सो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेक्रफलमा क्षति पुगेको मन्त्रालयले बताएको छ ।

सूदुरपश्चिममा १ अर्ब ९१ करोड मूल्य बराबारको धानबाली क्षति भएको छ । प्रदेश १ मा गरी ६८ हजार ४ सय हेक्टरमा लगाएको सो मूल्य बराबरको २ लाख ५८ हजार ९२ मेट्रिक टन धानबालीको क्षति भएको हो ।

अविरल वर्षाका कारण लुम्बिनीको वर्दिया, कपिलवस्तु, बाँकै, रुपन्देही, कैलाली र कन्चनपुरमा गरी सबैभन्दा बढी ४ अर्ब ५१ करोड मूल्य बराबरको धनबालीको क्षति भएको छ ।

प्रदेश १ मा ८० करोड रुपैयाँको धानबालीको क्षति भएको छ । प्रदेश २ मा ५६ करोड, कर्णाली प्रदेशमा ३० करोड र गण्डकी प्रदेशमा १३ करोड मूल्य बराबरको धानबालीमा क्षति पुगेको छ ।

प्रदेश १ को झापा मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, सिरहा र सर्लाही कैलाली, कन्चनपुर, झापा, मोरङ र लुम्बिनी तथा कर्णाली प्रदेश गरी कुल २ लाख ६९ हजार ८४२ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । सुदुरपश्चिम प्रदेशको अधिकांश जिल्लामा कृषि तथा पशुवस्तुमा व्यापक क्षति भएको देखिएको छ ।

कृषि विकास निर्देशनालय, डोटीका नि. प्रमुख यज्ञ राज जोशीले जानकारी दिएका छन् । निर्देशनालय नेतृत्वमा कृषि ज्ञान केन्द्र, कैलाली र कन्चनपुरका कार्यालयका प्रमुखहरु एवंम् पत्रकार समेतको टोलीद्वारा असोज २ र ३ गते कैलाली र कन्चनपुरको डुबान क्षेत्रमा अनुगमन भएको थियो । विशेष गरी तराईका कैलाली र कंचनपुर जिल्लामा धान वालीमा अत्यधिक क्षति भएको छ । कैलाली जिल्लामा करिव ५४ प्रतिशत र कन्चनपुर जिल्लामा करिव ४२ प्रतिशत धान वालीमा क्षति पुगेको छ ।

आइतबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका किसान मर्कामा परेका हुन् । बर्खे बाली धान काटेर भित्र्याउनै लाग्दा परेको पानीले खेतमै धान भिजेका छ । धान भिजेपछि किसान अहिले चिन्तित भएका छन् । दशैंअघि धान काटेर सुकाउन गह्रामै राखेका किसानको धानबाली भिज्दा उनीहरू चिन्तित बनेका हुन् ।

वर्षाको कारण खासगरी कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पु¥याएको छ । लगातार पानी परिरहेकाले धान काटेर सुकाउनका लागि गह्रामा राखिएको धान अहिले तैरिरहेको अवस्थामा छ ।

अहिलेसम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभए पनि भित्र्याउन ठिक्क परेको धान पानीले भिजेपछि किसानलाई वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको छ ।

किसानले काटेको धान भित्र्याउन नपाउँदै खेतमै भिजेको छ, कतिपय स्थानमा त खेतमा सुकाइएका धानका बाला सबै पानीमाथि तैरिएका छन् । धान नकाट्दै पानी परेमा नबिग्रने भए पनि काटिसकेको धान खेतमैमै रहँदा वर्षातले बिग्रेको छ ।

‘धान काटेर सुकाउन राखिएको बाली भिज्दा धान मिलमा कुटाउँदा चामल टुटेर कनिका हुने तथा भात खाँदा पुरानो भएको जस्तो बास्ना आउने समस्या देखिन सक्ने कुराले पिडित किसानहरु चिन्तित छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स