काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा करेक्सन देखिएको छ ।
बिहीबार, नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६० लाख कित्ता सेयर ५ अर्ब ५८ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १९ करोड ४८ लाख, माउन्टेन इनर्जीको १८ करोड ६४ लाख, एनआरएनको १६ करोड २९ लाख, युनाइटेड आईडीआई मार्दी हाइड्रोपावरको १५ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।