हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित पुस २५ गते साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सभा भर्चुअल माध्यम जुम मार्फत् हुनेछ । सभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाबकिताब, सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन गरेर पुँजी जटाउने तयारी गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स