एकैदिन यति धेरैले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख १९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १४ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स