माछापुच्छ्रे बैंकको कर्जा योजनाः सस्तो प्रिमियम, उच्चतम लगानी

काठमाडौं । पछिल्लो समय विशेषगरी वाणिज्य बैंकमा लगानी योग्य पु्ँजी बढ्दै गएपछि प्राय सबै बैंकहरूले आकर्षक ब्याजदरमा कर्जा योजना ल्याएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै प्राय सबै बैंकले घर कर्जा योजनालाई विशेष प्राथमिकतामा राखेका छन् भने अन्य कर्जा पनि सहज र सरल प्रक्रियाबाट बैंकले दिने प्रतिवद्धता गरेका छन् ।
विशेष गरी घर निर्माण गर्दा सिमेन्ट, डण्डीदेखि गिट्टी बालुवा, किलाकाटा, रंगरोगन र मजदुरसम्म पैसा पुग्ने भएकोले बैंकहरूले घर कर्जालाई प्राथमिकतामा राखेका हुन् ।

महिनै पिच्छे घट्दै गएको ब्याजदरलाई प्रतिफल योग्य बनाउन बैंकहरूले यस्तो कर्जा योजना ल्याएका हुन् । माछापुच्छ्रे बैंकले बेसरेटमा सस्तो प्रिमियम थपेर विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ ।

एमबीएल सजिलो घर कर्जामा ५ करोडसम्म लोन पाइने
माछापुच्छ्रे बैंकले एमबीएल सजिलो घर कर्जा ल्याएको छ । बैंकले व्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि जग्गा वा घर खरीद गर्न, घर निर्माण गर्न, घरको पुनर्निर्माण गर्न वा घरमा तल्ला थप गर्न आवश्यक पर्ने आर्थिक आवश्यकता पुरा गर्न यो योजना ल्याएको हो ।

वर्षौ देखिको आफ्नो सुन्दर घर बनाउने सपना पुरा गर्न ५ लाखदेखि ५ करोड रुपैयाँ सम्म यो कर्जा ऋण लिन सकिन्छ । व्यक्तिगत वा पारिवारिक प्रयोजनको आर्थिक आयश्यकता पुरा गर्न २ करोड रुपैयाँ कर्जा लिने ग्राहकको लागि ०.५० प्रतिशत देखि २.५० प्रतिशत र २ करोड भन्दा बढी लोन लिनेकोे लागि बेसरेटमा १ प्रतिशतदेखि ३ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । उक्त लोन १२ महिनाको ग्रेस अवधि सहित २५ वर्षसम्म चुक्ता गरिसक्नुपर्ने छ ।

अटो कर्जा
बैंकले सजिलो घर कर्जा ल्याएसँगै अटो कर्जा पनि योजना गरेको छ । यो योजनामा व्यक्ति तथा व्यापार/व्यवसायलाई व्यक्तिगत वा गैैर–आयमूलक प्रयोजनका लागि नयाँ तथा सेकेन्ड ह्यान्ड सवारी साधन खरिद गर्न यो योजना ल्याएको हो ।
सो प्रयोजनका लागि ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन सकिने छ । बैंकले बेसरेटमा विशिष्ट कर्जा लिने ग्राहकको लागि ०.५० प्रतिशत देखि २.५ प्रतिशत र साधारण कर्जामा १ प्रतिशत देखि ३ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्ने छ । साथै, यस कर्जाको अधिकतम अवधि ८ वर्षसम्म कायम रहनेछ ।

हायर पर्चेज कर्जा
बैंकले एमबीएल हायर पर्चेज कर्जाको सेवा सुविधा ल्याएको हो । यो प्रडक्ट व्यक्ति तथा व्यापार/व्यवसाय ईकाइहरूलाई व्यवसायीक प्रयोजनका लागि सामान ओसार पोसार गर्न, सार्वजनिक यातायात र निर्माण कार्यका लागि हेभी तथा लाईट व्यवसायीक सवारी साधन खरिद गर्न योे योजना सार्वजनिक गरेको हो ।

आफ्नो आवश्यकता पुरा गर्ने इच्छुक व्यक्तिहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । साथै, यस कर्जा ५ वर्ष भित्रमा चुक्ता गरिसक्नु पर्नेछ ।

शैक्षिक कर्जा
बैंकले उच्च शिक्षाको लागि देश भित्र वा विदेशमा जान चाहने सबै वर्गका विद्यार्थीहरूको लागि शैक्षिक कर्जा योजना ल्याएको छ । विद्यार्थीहरूले आर्थिक आवश्यकता पूरा गर्न २ लाखदेखि ७ लाख रुपैयाँको कर्जा लिन सकिनेछ । बैंकले शैक्षिक ऋण लिनेको लागि बेसरेटमा १ प्रतिशत देखि ४ प्रतिशत तथा १ प्रतिशतदेखि ३ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्नेछ ।

एमबीएल शैक्षिक कर्जा विद्यार्थीहरूको शैक्षिक खर्च (जस्तै भर्ना शुल्क, शिक्षण शुल्क, स्वास्थ्य बीमा खर्च, यात्रा खर्च, पुस्तकालय र पठन सामग्री खर्च, जमानत, आवास र बस्ने खर्च एवम् अन्य सम्बन्धित खर्चहरूको वित्तीय स्रोत जुटाउनको लागि प्रदान गरिन्छ । आवश्यक कागजातहरू पेश गरे पछि ७ दिन भित्रै कर्जा स्वीकृत हुने जनाएको छ ।
विद्यार्थीको पाठ्यक्रम अवधिमा रियल इस्टेट धितोको ८० प्रतिशत कुल शिक्षा खर्चको १०० प्रतिशत (ट्युसन शुल्क, जीवनयापन खर्च, विदेशी स्वास्थ्य बीमा खर्च, यात्रा खर्च र अन्य सम्बन्धित खर्चहरू) ऋण सीमा स्वीकृत गर्न सकिन्छ

प्रिभिलेज कर्जा
बैंकले प्रिभिलेज कर्जा पनि सार्वजनिक गरेको छ । बैंकद्वारा व्यवस्थापन गरिएको तलब खाता भएका संस्थाका कर्मचारी र भूतपूर्व कर्मचारीहरूलाई व्यक्तिगत, पारिवारिक र सामाजिक आवश्यकताहरु परिपूर्ति गर्न आवश्यक वित्तीय स्रोतलाई सुरक्षित ऋण मार्फत प्रवाह गर्ने उद्देश्यका साथ एमबीएल. प्रिभिलेज कर्जा सञ्चालनमा ल्याएको हो ।

बैंकले ल्याएको यो कर्जा बेसरेटमा २ प्रतिशत र साधारण ब्याजदरमा कर्जा लिन इच्छुकको लागि २ देखि ४ प्रतिशत प्रिमियम थप गरेर १ लाख देखि ५० लाख रुपैयँ सम्म बैंकले कर्जा प्रदान गर्ने जनाएको छ ।

बैंकबाट लिएको कर्जा १५ वर्ष भित्र चुक्ता गर्नुपर्नेछ भने (ग्रेस अवधि सहित जोडेर), एमबीएल प्रिभिलेज कर्जा अन्तर्गत १२ महिनाको ग्रेस अवधि प्रदान गरिनेछ । ओभरड्राफ्ट सुविधाको हकमा भने कर्जा वितरण गरेको मितिले १ वर्ष भित्र चुक्ता गरिसकनुपर्ने छ । ग्राहकहरू सन्तोषजनक भएको खण्डमा पुनः नवीकरण गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

मोर्गेज कर्जा
बैंकले कर्जा अन्र्तगत सबै वर्गका व्यक्तिलाई आफ्नो आयस्रोत अनुुसार व्यक्तिगत, पारिवारिक एवम् सामाजिक आवश्यकताहरू परिपूर्ति गर्न मोर्गेज कर्जा ल्याएको छ । यो कर्जाले व्यक्तिको बैंकले आवश्यक वित्तीय श्रोतलाई सुरक्षित ऋणको माध्यमबाट प्रवाह गर्न यस्तो कर्जा ल्याएको हो । मोर्गेज ऋण लिने इच्छुक व्यक्तिलाई २ प्रतिशतदेखि ४ प्रतिशत प्रिमियम थपेर धितो राखेकर सो कर्जा दिन लागेको हो । साथै बैंकले धितो ओभरड्राफ्ट ऋण लिदा बेसरेटमा २.५० प्रतिशतदेखि ४.०० प्रतिशत ब्याज दरमा लोन प्रदान गर्नेछ ।

आफ्नो आर्थिक आवश्यकता पुरा गर्नलाई एक जना व्यक्तिले ५ लाख देखि ५० लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । भने बैंकबाट लिएको उक्ता कर्जा १५ वर्ष भित्र ब्याज सहित चुक्ता गर्नुपर्ने हुन्छ । साथै (ग्रेस अवधि सहित जोडेर), एम.बि.एल. मोर्गेज कर्जा अन्तर्गत १२ महिनाको ग्रेस अवधि प्रदान गर्ने बैंकले जनाएको छ । ओभरड्राफ्ट सुविधाको हकमा भने कर्जा वितरण गरेको मितिले १ वर्ष भित्र को समयलाई अवधि मानिनेछ, यो कर्जा प्राप्त गरि आर्थिक आवश्यक पुरा भएको ग्राहक सन्तोषजनक भएको खण्डमा पुनःनवीकरण गर्न सकिनेछ ।

बैंकले विशेषगरी व्यक्तिगत आवश्यकताहरू परिपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले मोर्गेज कर्जा सार्वजानिक गरेको हो । ‘व्यक्तिगत आवश्यकताहरू भन्नाले विभिन्न सामाजिक क्रियाकलाप जस्तै विवाह, सांस्कृतिक काजक्रिया, औषधी उपचार, यात्रा, व्यक्तिगत लगानीहरू, व्यक्तिगत कर्जाहरूको फछ्र्याैट, र ऋणीको अन्य विविध आवश्यकताहरूलाई जनाउँदछ’ ।

सेयर कर्जा
बैंकले सेयर कर्जा (मार्जिन लेन्डिङ) योजना पनि त्यतिकै महत्वका साथ ल्याएको छ । सेयरमा लगानी गर्नलाई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । यो कर्जा नेपाल स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनीहरूको बजारयोग्य धितोपत्रको आधारमा व्यक्तिगत ग्राहकहरुलाई पुनर्कर्जा प्रदान गर्ने उद्देश्य यस्तो कर्जा ल्याएको बैंकले प्रतिवद्धता गरेको छ ।

बैंकले धितोको आधादरमा ५ लाख कर्जा प्राप्त गर्नेहरूको लागि १ प्रतिशतदेखि ३ प्रतिशत र ५ लाख भन्दा बढी कर्जा लिने व्यक्तिको लागि बेसरेटमा २ प्रतिशतदेखि ४ प्रतिशत प्रिमियम थपेर ऋण दिने सुविधा ल्याएको हो । उक्ता कर्जा १ वर्ष भित्र चुक्ता गर्नुपर्ने हुन्छ । यस कर्जाको सीमा साधारण धितो राखेको १८० कार्य दिनहरूको औसत मूल्य वा हालको बजार मूल्य, जून कम हुन्छ, त्यसको अधिकतम ५० प्रतिशत रहेको छ । धितोपत्रको पुनःमूल्यांकन गरेर कर्जाको सीमा वृद्धि नहुने बैंकले जनाएको छ । बैंकहरूले व्यक्तिगत ऋणीहरूलाई सेयर धितो सुरक्षणको आधारमा ऋणीहरूको व्यक्तिगत आवश्यकता पूर्तिका लागि यस्तो प्रकारकोे ऋण प्रवाह गरिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स