काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्त सहित तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार जीवन विकास लघुवित्त, कालिका पावर र युनिभर्सल पावरको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य १५०७ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य १३२२.२ रुपैयाँ कायम भएको छ।
कालिका पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ३६८.५० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३३४.५५ रुपैयाँ कायम भएको छ।
त्यस्तै, युनिभर्सल पावरकोको ८.५५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २१९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०१.७५ रुपैयाँ कायम भएको छ ।