कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले सेयरधनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिएका थिए ।

सभामा सीईओ थकालीले चालू आवको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।

सभामा सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले स्वागत गरेका थिए भने कम्पनीका कानून विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स