काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ११ लाख कित्ता सेयर ४ अर्ब ४ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३८ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख, सोनापुर मिनरल्सको १२ करोड ८९ लाख, एनआरएनको १२ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।