काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख २१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ६० रूपैयाँ कायम भएको छ ।