दुई विकास बैंक सहित तीन कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंक सहित तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा, गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३७४.४३ रुपैयाँ कायम भएको छ।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ४०२ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३८६.५४ रुपैयाँ कायम भएको छ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ८६५.७१ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि मंगलबार यी तीन कम्पनीको कारोबार खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स