कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक, अन्य बैंकको अवस्था यस्तो छ

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनामा पौने ३ खर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार बैंकले असोज महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

असोज मसान्तसम्म २७ वटा वाणिज्य बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३९ अर्ब ९८ अर्ब कर्जा विस्तार गरेका हुन् ।

वाणिज्य बैंकहरुमध्येमा असोज महिनामा सबैभन्दा धेरै कर्जा विस्तार ग्लोबल आइएमई बैंकले गरेको छ । बैंकले एक महिनामा २३ अर्ब २० करोड रुपैयाँ कर्जा वितरण गरेको हो । असोज मसान्तसम्म बैंकले २ खर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

नेपाल बैंकले असोज महिनामा १६ अर्ब ४८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले असोज मसान्तसम्म १ खर्ब ५७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

असोज महिनामा सबैभन्दा कम कर्जा लगानी नेपाल बैंगलादेश बैंकको रहेको छ । बैंकले गत महिना २ अर्ब ९६ करोड रुपैयाँ मात्र कर्जा विस्तार गरेको छ । बैंकले असोज मसान्तसम्म ७४ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ ।

असोज महिनामा सबैभन्दा धेरै निक्षेप सन् राइज बैंकले संकलन गरेको छ । बैंकले गत महिना २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले असोज मसान्त १ अर्ब ३२ अर्ब निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स