काठमाडौं । सोमबार, नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १८ लाख ९२ हजार कित्ता सेयर ४ अर्ब ४८ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिईडिबी हाइड्रोपावरको १०%, चिरख्वा हाइड्रोपावरको १०%, नेपाल वेयरहाउजिङको ९.९९%, हाथवे इन्भेष्टमेन्टको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषिको ९.९८%, हिमालयन हाइड्रोपावरको ९.९४%, बिपीडब्लू लघुवित्तको ८.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।