एसियन लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुस १६ गते बसेको बैठकले कम्पनीको सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।

जसमा कम्पनीको थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।

नेप्सेमा कम्पनीको कुल ३ करोड १५ लाख ५३ हजार ५.१७ कित्ता सेयर रहेको छ । कुल सेयरमध्ये ५१ प्रतिशत अर्थात १ करोड ६० लाख ९२ हजार ०३३.१० कित्ता सेयर संस्थापक समूह र ४९ प्रतिशत अर्थात १ करोड ५४ लाख ६० हजार ९७२.०७ कित्ता सेयर सर्वसाधारण समूहको कायम भएको छ ।

यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स