दुई विकास बैंक सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत दुई विकास बैंक सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, छिमेक लघुवित्त, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज (पुस १६ गते) अन्तिम दिन रहेको हो ।

यी ६ वटै कम्पनीले भोलि (पुस १७ गते) बुक क्लोज गर्न गईरहेकाले आजसम्म कायम सेयरधनी मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५०प्रतिशत नगद लाभांसको घोषणा गरेको छ । बैंकले लाभांशको प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ ।

लुम्बिनी विकास बैंकले गत आर्थिकको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पुस २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । उक्त लाभांश आगामी पुस २९ गते आयोजना हुने संस्थाको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा आह्वान गरेको छ ।

यसैगरी, सुपर मादी हाइड्रोपावरले गत आ।वका लागि २ प्रतिशत नगद लाभांश ९कर बाहेक० र रुरु जलविद्युतले १०।५२६ प्रतिशत नगद लाभांसको घोषणा गरेका छन् । यी दुई कम्पनी अगामी पुस २८ गते र पुस २५ गते वार्षिक साधारण सभा डाकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स