नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भने, के यो देशमा उद्योग गर्नु अपराध हो ?

काठमाडौं । जब म ३५ वर्षअघि ब्यापारमा लागेँ, त्यो बेला मलाई उद्योग लगाउनुपर्छ भन्ने हुटहुटी लाग्यो । उद्योगमै भविष्य हुन्छ भन्ने मलाई लागेको थियो । त्यही बेला मलाई उद्योग चलाइरहेका उद्योगीले भन्नुभएको थियो कि कहिल्यै पनि उद्योग नलगाउनू, किनभने यो देशमा उद्योग खोल्नु भनेको पाप गर्नु हो ।

 यद्यपि मैले उद्योग लगाएँ । थप विस्तार गर्दै गएँ । तर, के देखेँ र भोगेँ भने कदम कदममा वा सरोकारवाला निकायमा जान्छौं । त्यहाँ हामीलाई अपराधीसरहको व्यवहार गरिन्छ । आज ६१ जना उद्योगी बसेर यो पत्रकार सम्मेलन गरिरहेका छौं ।

सरकारलाई हाम्रो प्रश्न छ( के यो देशमा उद्योग गर्नु अपराध हो रु यहाँ उद्योगीहरुलाई अपराधी करार गर्न खोजिँदैछ । आफ्नै देशमा उद्योग खोल्छु, रोजगारी सिर्जना गर्छु, राज्यलाई कर तिर्छु भन्ने अधिकार उद्योगीलाई छैन । यो अधिकार नेता र कर्मचारीलाई मात्रै छ जस्तो देखिँदैछ । के यो देशमा उद्योग गर्नु अपराध हो ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स