हामीलाई घण्टा घण्टाको बिल चाहिन्छ, महँगोमा बिजुली लिएर स्टिल उद्योग टिक्न सक्दैनः शाहिल अग्रवाल

काठमाडौं । जगदम्बा स्टिल तथा जगदम्बा सिमेन्टका सञ्चालक शाहिल अग्रवालले प्रिमियम शुल्कको बिजुली लिएर कुनै पनि स्टिल उद्योगहरू टिक्न नसक्ने बताएका छन् । टं«क तथा डेडिकेटेड लाइन पीडित तथा प्रताडित उद्योगहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘पैसा तिर्न उद्योगलाई घण्टा घण्टाको प्रमाणित बिल चाहिन्छ ।’ उद्योगी अग्रवालले स्टिल उद्योगले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली चाहियो भनेर विद्युत प्राधिकरणमा आवेदन नै नदिएको बताएका हुन् ।

‘किनकि, महँगो दरमा बिजुली लिएर स्टिल उद्योग टिक्नै सक्दैन’, उनले भने ‘एक टन डन्डी बनाउन ९०० युनिट बिजुली खपत हुन्छ । त्यो भनेको १ किलो डन्डी बनाउन ९ रुपैयाँको बिजुली लाग्छ । एक किलो डन्डी बनाउन सबै गरेर उद्योगीको लागत ७८/७९ रुपैयाँ पर्न आउँछ । ’

उद्योगीहरूले किलोमा ५० पैसादेखि १ रुपैयाँ नाफा राखेर डन्डी बिक्री गर्दै आएको पनि बताए । ‘विद्युत प्राधिकरणले जुनबेला प्रिमियम लगाउने भन्यो त्यसबेला उद्योगीहरुले डेडिकेडेट र ट्रंक लाइनबाट बिजुली लिएका भए डन्डीको मूल्य किलोमै ६ रुपैयाँले बढी हुन्थ्यो,’ उनले थपे ।

स्टिल उद्योग सबैभन्दा धेरै बिजुली खपत गर्ने क्षेत्र हो । त्यहि हुनाले हामीले २० वर्षदेखि सरकारसँग सहुलियतमा बिजुली उपलब्ध गराउन माग गरिरहेका छौं । ताकी, हामी भारतमा स्टिल निर्यात गर्न सकौं ।’ उद्योगीहरूलाई प्रिमियम भनेर अर्बौंको बिल पठाएर उद्योग नै बन्द गराउने खेल खेलिएको गुनासो उनले गरे । गत वर्षसमेत उद्योगहरूले १२ घन्टा लोडसेडिङ थिए ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङजीले टाइम अन डे (टीओडी मिटर)को तथ्यांक नभए पनि प्राधिकरणसँग लगबुकको तथ्यांक छ भन्नुभयो । मेरो उद्योगको लगबुकको तथ्यांक मैले ५ वर्षदेखि देखाइरहेको छु । हेटौंडा सब–स्टेशनबाट परवानीपुर हुँदै ६६ केभीए क्षमताको प्रसारणलाइनबाट प्रवाह भएको बिजुलीको तथ्यांक मसँग पनि छ’ उलने थपे ‘उक्त तथ्यांकमा लोडसेडिङ भएको प्रमाणित गर्छ ।

एउटै लाइनबाट २०औं उद्योगलाई लाइन दिइरहेको अवस्थामा कुन उद्योगले कति बिजुली खपत गरे भन्ने तथ्यांक टीओडी मिटरमा हुने भएको हुनाले हामीले टीओडी मिटरको तथ्यांकको आधारमा प्रमाणित बिल मागेका हौं’, तथ्यांक र प्रमाण नदिई बिल पठाउनै मिल्दैन, पैसा नतिर्ने भनेका होइनौं, ‘घन्टा घन्टाको प्रमाण चाहिन्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स