‘प्रथम पुरुष अन्तरबैंक क्रिकसल टुर्नामेन्ट –२०८०’ सुरु

काठमाडौं । ‘प्रथम पुरुष अन्तरबैंक क्रिकसल टुर्नामेन्ट–२०८०’ सुरु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक केन्द्रीय समितिले आयोजना गरेको टुर्नामेन्टमा कुल २७ टिम सहभागी रहेका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सनाले खेलको सुभारम्भ गरेकी हुन् । खेलको आरम्भ गर्दै राष्ट्र बैंक बरिष्ठ डेपुटी गभर्नर ढुंगानाले बैंकिङ करिअर अत्यन्तै तनाबपूर्ण हुने भएकाले यस्ता खेलहरुले कर्मचारीहरुलाई तनाब कम गर्न सघाउने बताइन् ।

नेपाल राष्ट्र बैंकका दुई टिमसहित बाणिज्य बैंकहरु, विकास बैंकहरु तथा फाइनान्स कम्पनीहरुका अन्य २५ टिम सहभागी रहेको प्रतियोगीता पुस १३ गतेदेखि १५ गतेसम्म तीन दिन चल्नेछ । खेलमा प्रथम, द्धितिय तथा त्रृतिय हुने टिमले ट्रफीसहित नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बरिष्ठ डेपुटी गभर्नर ढुंगानाले भनिन् ‘बैंकका कर्मचारी तनाबमा हुन्छन्, त्यसबाट मुक्त हुँदै क्रिकसलमा सहभागी हुनु राम्रो हो, यसले तनाब व्यवस्थापनमा पनि सहयोग नै गर्छ’,।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स