मन्त्री चढ्ने गाडी आगजनी घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न तीन सदस्य समिति गठन

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार दिउँसो मन्त्री ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनमा करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए। राउत जुम्ला घर भई हल भक्तपुरमा बस्दै आएका थिए।

राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। यस्तै घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स