आज तोलामा १३ सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार

शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७०० रुपैयाँमा कि नबेच भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार १०० रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा किनबेच भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७०.२८ डलर र चाँदी प्रतिऔंस २३.८३ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स