प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनमा भने–‘टीओटी मेशिनको डाटा सुरक्षित राखेका छौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टीओडी मिटरको डेटा उपलब्ध भएसम्म स्टोर गरेर राखेको भन्दै आफ्नो बचाउ गरेका छन् । उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको डेटा देखाए पैसा तिर्न तयार रहेको बताउँदै आएका छन् । सबै डेटा नरहेको स्वीकार गरेपछि यो विवाद थप पेचिलो बनेको छ ।

९ वटा उद्योगको लाइन काटेर निशाना परेपछि बचाउका लागि पत्रकार सम्मेलन गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनको महशुलको डेटा नरहेको उनले सार्वजनिक रुपमै स्वीकार गरे ।

उनले टीओडी मिटरको डेटा उपलब्ध भएसम्म स्टोर गरेर राखिएको भन्दै बचाउको प्रयास गरे। उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको डेटा देखाए पैसा तिर्न तयार रहेको बताउँदै आएका छन् ।

कुलमानले बिहीबार भने टीओडी मिटर मात्रै ब्याक अप नभएको तर लक बुकमा कुन उद्योगले कति विद्युत खपत गरेको कुन सव स्टेशनबाट कुन समयमा कति उपयोग भएको सबै डकुमेन्टश भएको बताएका छन् । त्यो डाटा हामीसँग मात्रै होइन उद्योगहरूसँग पनि भएको उनको जिकिर छ ।

उनले डेडिकेटेड र ट्रंक लाइनका बारेका निर्णय, अहिलेसम्मको बिलिङको अवस्था, उद्योगीले हालेको मुद्दा लगायत विषय मात्रै प्रस्तुत गरे । उनले सबस्टेसनको लक बुकको रेकर्डलाई आधारमा मान्न सकिने नयाँ जिकिर प्रस्तुत गरे ।

कुलमान पत्रकार सम्मेलनमा अलि बढी दबाबमा देखिन्थे। ९ वटा उद्योगको लाइन काटेपछि उद्योगीले शीर्ष नेताहरुलाई भेट्न थालेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स