काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले एनसेलको विषयमा छलफल हुँदा पहिला पनि धेरै समितिले पैसा खाएको आरोप आएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार एनसेल बिक्रीबारे छलफलमा बोल्दै उनले एनसेलको विषयमा पटक पटक छलफल हुनु नौलो विषय नभएको बताएका हुन् ।
अहिले भने त्यस्तो नहोस्, निपक्ष छानविन हुनुपर्छ’, उनले भने ‘हामीले आरोप नखानेगरी काम गर्नुपर्छ ।’
‘हामीसँग राजनीति भयो तर राष्ट्रनीति भएन’, उनले भने ‘विगतमा पनि धेरै समितिकाले पैसा खाए, धेरैलाई पैसा बाँड्यो, नकचराहरुको देश भयो, अधिकारबिहीन हरुको समितिमा जुन छलफल भएको छ त्यहाँ पनि खोट छ ।’
उनीहरुले नेतृत्व तहमा रहेका नेताहरुलाई जति बेला पनि किन्न सकिन्छ भन्ने मनोबल रहेको बताए । उनीहरुले नेपालको राजनीति र कर्मचारीलाई मिनिमाईज गरे, तिमीले हाम्रो राष्ट्रियतालाई मान्दैनौं भने तिम्रो सेवा चाहिदैन भन्न सकेका भए राम्रो हुन्थ्यो ।
समितिमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको दूरसञ्चार ऐन पुरानो भन्दै तुरुन्त संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा पनि छलफल बताइन् ।
‘हाम्रो दुरसञ्चार ऐन पुरानो छ । त्यसलाई,’ उनले भनिन्, ‘एनसेलको खरिदबिक्री सम्बन्धमा छानबिन समितिले अध्ययन गरिरहेको छ, बिक्री प्रक्रिया रोकिएको छ, अब राय सुझावका आधारमा कदम चाल्नुपर्ने हुन्छ ।’
एनसेलको कम्पनी बिक्री हुँदैछ भन्ने कुरा बाहिर २०८० साल मंसिर १३ गते बाहिर आएको बताउँदै उनले भनिन् ‘प्रधानमन्त्रीसँग भएको छलफल अनुसार विस्तृत अध्ययन बिना एनसेलको सेयर बिक्री गर्न स्वीकृत दिन नहुने निर्णय भएको उनले बताइन् ।
नेपालकै लगानी किनेर एफडीआई भनिएको विषय आएको र यसको छानबिन हुनुपर्ने माग सांसद सुमना श्रेष्ठले राखेकी छिन् । ‘स्मार्टसेलको स्वामित्व शतिशलाल आचार्यको हो कि होइन’, उनले भनिन् ‘टेलिकम्युनिकेसनको नवीकरण गर्दा २० अर्ब लिने कुरामा रिभ्यु गर्नुपर्दैन ?’