गत वर्षको तुलनामा बेस्ट फाइनान्सको नाफा ३ करोडले बढ्यो, सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार नेप्सेमा बेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बेस्ट फाइनान्सको सेयर मूल्य आज ४०.१० रुपैयाँले बढेर ४४१.१० रुपैयाँ पुगेको हो । बिहीबार बेस्ट फाइनान्सको सेयर प्रति कित्ता ४०१ रुपैयाँमा कारोबार भएको थियो ।

आज बेस्ट फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक भएको छ । वित्तीय विवरण अनुसार फाइनान्सले पहिाले ३ महिनामा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

गत आव सोही अवधिमा फाइनान्सले ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा चालु आवमा फाइनान्सले ३ करोड रुपैयाँ बढी नाफा कमाएको हो ।

फाइनान्सले ब्याजबाट २ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । फाइनान्सको प्रति सेयर अम्दानी ५८.४७ प्रतिशत छ । प्रति सेयर नेटवर्थ १२५.३५ रुपैयाँ छ । फाइनान्ससँग १२ करोड ५१ लाख वितरण योग्य रकम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स