सार्वजनिक लेखा समिति भन्यो–‘प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न अनुमति दिनु भनेको नीतिगत भ्रष्टाचार हो’

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न अनुमति दिनु भनेको नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको छ । प्रतिनिधिसभा तथा समितिका सदस्य अमरेश कुमार सिंहले कम्पनी ऐन भन्दा नेपाल धितोपत्र बोर्डको नियमावली ठूलो नहुने बताएका छन् ।

समितिको बैठकमा सांसद सिंहले बोर्डले नियमावली संशोधन गरेको १८ दिनमा हिमालयन रिले प्रिमियममा सेयर निष्कासन गरेको उल्लेख गरे । साथै, घोराही सिमेन्टमा फर्जी आवेदन पर्दा पनि अध्ययन प्रतिवेदन गोप्य राखेर सेयर जारी गर्न दिइएको आरोप पनि उनले लगाए ।

‘नियमनकारी निकाय जनता लुट्ने र केही घरानालाई कसरी कमाउन दिने भनेर लागे,’ उनले भने, ‘हिमालयन रि इन्स्योरेन्स लगायत ५ कम्पनीलाई लाइसेन्स दिँदा कानुन उल्लंघन भएको छ ।’

प्रतिनिधि सभा सदस्य हरि ढकालले पनि कागजमा मात्रै नाफा देखाएर धितोपत्र बोर्डले प्रिमियममा सेयर निष्काशन गर्न दिएको बताए । ‘कम्पनी रेटिङ सेटिङमा हुने गरेको भन्दै उनले रेटिङ रद्द गरेको कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गरिएको छ ’, उनले भने ‘प्रिमियममा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार गरिएको छ ।’

समितिका सभापति ऋषीकेश पोखरेलले सेबोन अध्यक्ष रमेश हमाल विना जानकारी बैठकमा उपस्थित नहुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवार भएको समितिले ठहर गरेको बताए । अध्यक्ष हमालको कार्यकाल यहि पुस २० गतेबाट सकिदैछ । उनी अस्ति १० गतेबाट विदामा बसेका छन् । सोही कारण उनी बैठकमा उपस्थित नभएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स