हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नया ब्राण्ड

काठमाडौं । नेपाली मदिरा उद्योग मध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयां व्राण्डको मदिरा लन्च गरेको छ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

हिमालयन डिस्टिलरीका सीईओ श्री निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, ‘एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तपÞर्m हामी आस्वस्त रहेका छौ । ’

‘हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौं, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौं र ब्राण्ड विस्तार गरेका छौं । उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ ।

सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवन गर्दा यसलाई महसुस गर्न सक्ने ब्राण्ड म्यानेजरले बताए । हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स