काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ कारोबार भएको छ । यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,आज तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ कायम रहेको थियो ।