कार्यसम्पादन कमजोर भएका मन्त्रीलाई माफ नगर्ने, सकारात्मक आशा जागउन नसके म आफै पनि पद ओगट्दिनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरुलाई माफ नगर्ने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन ।’

सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा हुनुहुन्छ । कार्यक्षमता कमजोर भएकाले कसैले पनि पद ओगटी रहन नहुने उनले बताए । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद छाड्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो ।’ ‘देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स