अल्टिमा लाइफस्टाइल बन्यो अहिले सम्मको सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्रान्ड

काठमाडौं । अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७०० प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको छ । यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगतै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो ।

प्रमुख छनोट मापदण्डहरुमा जोड दिँदै, यो प्रतिष्ठित अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय विक्री अांकडा, ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ । यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउँछ र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स