अब कार्यशैली बदल्छु, अत्यावश्यक कार्यक्रम बाहके अन्य कार्यक्रममा नजाने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरिहार्य बाहेक अन्य कार्यक्रममा नगएर आफ्नो कार्यशैली बदल्ने बताएका छन् । उनले देशवासीको नाममा सम्बोधन गर्दै केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने बताएका हुन् । नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न आफू लाग्ने उनले प्रतिवद्धता गरेका हुन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’

प्रधानमन्त्री  दाहालले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको बताएका छन् । उनले यसअघि निर्माण भएको पूर्वाधार निर्माणको जस खोसाखोस गर्न छोडेर बाँकी रहेको पूर्वाधार निर्माण सम्पन्न गर्न लागिरहेको बताए ।

‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ताका साथ म सार्वजनिक घोषणा गर्दछु अब सरकारको कार्यशैली फेर्नेछु । अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ’, उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स